Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चीनमा पढेका विद्यार्थी भन्छन्: ‘चीनको आर्थिक विकासबाट नेपालले फाईदा लिन सक्नुपर्छ’

काठमाडौं, मंसिर ४ । चीनको द्रुत आर्थिक विकासबाट नेपालले फाईदा लिनु सक्नु पर्नेमा चीनबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले जोड दिएका छन् ।

अरनिको समाजले शनिवार राजधानीमा गरेको कार्यक्रममा नेपालमा राजनीतिक स्थिरता नभएको कारण विभिन्न विकास निमार्णकार्य समेत हुन नसकेको उनीहरुले बताए ।

विदेशी लगानी लगायतका चीनिया लगानीमा समेत दल अनुसार फरक नीति भएका, कमजोर कुटनितीका कारण पनि दुई ठुला छिमेकीको आर्थिक विकासबाट लाभ नेपालले लिन नसकेको उनीहरुले बताए ।

समाजमा अध्यक्ष डा. सर्वोतमश्रेष्ठ र प्रथम उपाध्यक्ष मनोजमान श्रेष्ठले चीनमा तालिम लिन जान लागेका ५९ जना प्रशिक्षार्थीलाई चीनकाबारे जानकारी दिनुका साथै अभिमुखिकरण तालिम समेत दिएका थिए ।

नेपालका २४ जना कृषि र ३५ जना स्वास्थ्य सम्बन्धि प्रशिक्षार्थी चीनको स्छुवान् प्रान्तमा प्रशिक्षण जान लागेको अरनिको समाजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: