Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुनावी प्रचारप्रसारका क्रममा तीन मोटरसाइकलमा आगजनी

रसुवा,मंसिर ४ । चुनावी प्रचारप्रसारका क्रममा तीनवटा मोटरसाइकलमा आगजनी भएको छ ।

प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई छानबिन कार्य शुरु गरिएको छ ।

यही मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनामा हुन सक्ने थप घटनाप्रति सचेत रहँदै यथेष्ट रुपमा प्रहरी गस्ती बढाइएको प्रहरी निरीक्षक सिलवालले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: