Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारत पुगेका एक गैँडाको उद्धार

चितवन, मंसिर ४। साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको हो ।

यसअघि गैँडा उद्धारका लागि चार हात्तीसहित प्राविधिक टोली र सुरक्षाकर्मी खटिने भए पनि अहिले ६ वटा हात्ती पठाइएको थियो । विगतमा झँै प्राविधिक टोली र सुरक्षाकर्मी नेपालबाट खटिएका थिए । भारतीय पक्षबाट पनि सुरक्षाकर्मी र कर्मचारी परिचालन भएको कँडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: