समवेदना दिन प्रधानमन्त्री र एमालेअध्यक्ष एयरपोर्टबाट सोझै लाजिम्पाटमा

काठमाडौं, मंसिर ४ । नेकपा माओवादी केन्द्रका अध्यक्षको परिवारमा परेको पुत्र शोकमा समवेदना दिन प्रधानमन्त्री शेर बहादुर देउबा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट निवास पुग्नुभएको छ ।

नेताद्वय एयरपोर्टबाट सोझै लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा पुग्नु भएको हो ।

अध्यक्ष प्रचण्ड तथा पार्टीका सल्लाहकार सीता दाहाललाई समवेदना व्यक्त गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले प्रकाश दाहालको निधनबाट देशले होनाहार र इमान्दार छोरा गुमाएको बताउनु भयो । “प्रकाश निकै सरल थिए, निकै मेहनती र इमान्दार पनि । म निकै भावविह्वल बनेको छु । मन सम्हालेर धैर्य धारण गर्न सक्नुहोस् भन्ने कामना गर्दछु ।”

याे पनि पढ्नुस  निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री देउबा चुनावी प्रचार अभियानका क्रममा गृह जिल्ला डडेल्धुराबाट समवेदना दिन काठमाडौं आई पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवाभन्दा केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विमानस्थलबाट सोझै लाजिम्पाट पुग्नु भएको थियो । अध्यक्ष ओलीले प्रकाशको निधनले राष्ट्र र पार्टीमा क्षति पुगेको बताउँदै धैर्यधारणका लागि कामना गर्नु भएको थियो ।

याे पनि पढ्नुस  सभापति देउवाले भने-‘प्रजातन्त्र बलियो बनाउन तीन तहको चुनाव’

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीसँगै आउनुभएका पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष प्रचण्डको परिवारलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्