Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संविधान कार्यान्वयन गर्न नेकाको सरकार आवश्यकः नेता खाँण

ललितपुर, मंसिर ४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस चुनाव प्रचारप्रसार चापागाउँ उपकेन्द्रद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुर्याउने र नेकाको नेतृत्वमा नै अगामी नयाँ सरकार निर्माण हुने दाबी गरे ।

संयोजक खाँणले संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको चर्चा गर्दै वामगठवन्धले देशमा अस्थिरता चाहेको आरोप लगाए ।

सो अवसरमा नेकामा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कपिल थापालाई संयोजक खाँणले स्वागत गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: