काठमाडौं, मंसीर ४ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सल्लाहकार सीता दाहाल र परिवारलाई बेलायती राजदुत रिचार्ड मोरिसले समवेदना व्यक्त गरेको छ ।
सोमबार बिहान मोरिसले पठाएको समवेदना सन्देशमा प्रचण्ड परिवारको शोक बेलायत साथमा रहेको बताइएको छ ।
समवेदना पत्रमा मोरिसले आकस्मिक र अकल्पनीय निधनप्रति दुःख व्यक्त गर्दै गहिरो शोक व्यक्त गरिएको छ ।