राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डको परिवारलार्इ समवेदना प्रकट गरे

काठमाडौं, मंसिर ४ । सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष प्रचण्ड र सल्लाहकार सीता दाहाललाई लाजिम्पाटमा भेटी समवेदना प्रकट गर्नु भएको छ ।

समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीले प्रकाश दाहालप्रति समवेदना प्रकट गर्दै धैर्य रहन प्रचण्ड र सीता दाहाललाई आग्रह गर्नु भएको थियो ।

त्यसैगरी सोमबार बिहान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र परिवारलाई समवेदना प्रकट गर्नु भएको थियो । टेलिफोनमा प्रधानमन्त्री देउवाले प्रकाशको निधनले आफू मर्माहत भएको बताउँदै काठमाडौं फर्केपछि भेट्ने बताए । सोमबार बिहान प्रधानन्यायाधीश गोपाल पराजुलीले लाजिम्पाटमा भेटी प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्नुभयो ।

याे पनि पढ्नुस  बाराका वासिन्दासँग प्रचण्ड (भिडियाेमा)

आइतबार बिहानै बिर्तामोड रहेका अध्यक्ष प्रचण्डलाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना प्रकट गरेका  थिए । समवेदनामा अध्यक्ष ओलीले देशले एउटा होनाहार युवा नेता गुमाएको बताउँदै प्रचण्ड परिवारको पीडामा आफू साथमै रहेको बताउनु भयो भने सोमबार बिहान लाजिम्पाट निवासमा अध्यक्ष प्रचण्डसँग भेट गर्नुभयो ।

याे पनि पढ्नुस  हँसाउनु भो त !

आइतबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह, एमाले उपाध्यक्ष बामदेव गौतम, नेपाली कांग्रेसका नेताहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत लगायतका नेताहरुले समवेदना प्रकट गरे ।

याे पनि पढ्नुस  सेलेब्रेटी प्रचण्ड : बाराका गाऊँ गाऊँमा सर्वसाधारणको भीड (भिडियाेसहित)

आइतबार बेलुकादेखि नै विभिन्न दल, नेता, सामाजिक अगुवा र सर्वसाधारणले लाजिम्पाट निवासमा आई अध्यक्ष प्रचण्ड र परिवारलाई समवेदना प्रकट गर्ने क्रम जारी छ ।

त्यस्तै सोमबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठकले मंसीर ५ गते चुनावी अभियानकै क्रममा सबै निर्वाचन क्षेत्रहरुमा शोक सभा गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्