Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शेयर बजार घटेको प्रभाव, बोलकबोलमा समेत १०० रुपैयाँमै पाइन थाल्यो शेयर

काठमाडौं, मंसिर ४ । बजार घटेसँगै बोलकबोलमा समेत लगानीकर्ताले १०० रुपैयाँमै शेयर पाउन थालेका छन्। सप्तकोशी डेभलपमेन्ट बैंकको नविकेको हकप्रद लिलामीमा १०० रुपैयाँसम्म कबोल गर्नेले शेयर पाउने भएका हुन्।

सप्तकोशी डेभलपमेन्ट बैंकले गत कार्तिक २२ देखि २९ सम्म हकप्रदमा नविकेको संस्थापक शेयर बोलकबोलमा राखेको थियो। आठ लाख १६ हजार ६ सय ७७ कित्ता संस्थापक शेयरको बोलकबोलमा नौ लाख ७० हजार नौ सय ६० कित्ताका लागि आबेदन परेको छ।

आइतबार खोलिएको बोलकबोलमा अधिकतम एक सय ६० रुपैयाँ देखि न्युनतम एक सय रुपैयाँसम्म आबेदन परेको हो । दुई लाख २४ हजार चार सय कित्ता शेयर एक सय रुपैयाँमा कबोल गरिएको निस्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ। जसअनुसार १०० रुपैयाँ कबोल गर्नेले पनि शेयर पाउने निश्चित भएको हो ।

बिजमाण्डूबाट साभार

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: