‘चट्ट परी’ गीत सार्वजनिक भएदेखि श्वेता फुरुङ्गै

मंसिर ४ । नेपाली चलचित्र क्षेत्रका चर्चित सुपरस्टार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि श्वेता रंगिन संसारबाट टाढा भएकी थिइन् ।

ठ्याक्कै तीन वर्षपछि नेपाली चलचित्र क्षेत्रमा फेरि फर्केकी छिन् । चलचित्र क्षेत्रले गर्दा नै श्रीकृष्ण र श्वेताको जोडी बाँडिएको थियो भने यो क्षेत्रलाई चटक्कै कहाँ बिर्सिन सकिन्थ्यो र ? श्वेता खड्का नयाँ नेपाली चलचित्र ‘कान्छी’ को साथ दर्शकमाझ आएकी छिन् ।

चलचित्र ‘कान्छी’ आगामी माघ २६ गने रिलिज गरिने भएको छ । यही दिन अनमोल केसी अभिनीत ‘कृ’ प्रदर्शन हुँदैछ । यो समय सर्वाधिक स्टारडम भएको भनिएका अनमोलको फिल्मले कान्छीलाई छायामा पार्छ कि भन्ने भय पक्कै थियो श्वेतालाई ।

तर, ‘चरी चट्ट परी’ गीत सार्वजनिक भएसँगै उनमा आत्मविश्वास थपिएको छ । नथपियोस् पनि कसरी, उनले र दयाहाङ राईले कम्मर मर्काएको दृश्य नेपालको युट्युब ट्रेन्ड्रिङको अग्रस्थानमा आएन मात्र, दुई सातामा २५ लाख भ्युज पनि पाएको छ ।
श्वेता त झनै फुरुङ्गै ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: