आठ नम्बरमा तीन सभा

भव्य स्वागत, निष्ठावान र राष्ट्रिय नेता उम्मेदवार पाएकोमा मतदाता खुशी

गोरखा, मंसिर ४ । गोरखा जिल्ला क्षेत्र नम्बर २ अन्तर्गतको गोरखा नगरपालिका वडा नम्बर ८ को विभिन्न स्थानमा सयुक्त बाम गठबन्धनको चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा नगरपालिका ८ को डुम्री डाडा, आले भञ्ज्याङ र बराहमा चुनावी सभा तथा घर दैलो कार्यक्रम भएको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखा जिल्लाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

गोरखा जिल्लाको सडकरबाटो, कृषि सडक, गुठी, खानेपानी लगायतका विकास निर्माणको कामलाई प्राथमिकता साथ अघि बढाउने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ महिनै संचालन हुनेगरी सडकरबाटो बनाउने, फलफुल खेती, पर्यटकीय क्षेत्रको विकास लगायत जनताको आधारभुत आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । गोरखा(८ को लिफ्ट खानेपानी योजना आफ्नो पहलमा भएको स्मरण गर्दै श्रेष्ठले गोरखाको समग्र विकासको लागि निरन्तर कृयाशिल रहेको प्रष्ट पार्नुभयो ।

चुनावी सभाको क्रममा श्रेष्ठलाई स्थानीयले भव्य स्वागत गरेका थिए । निष्ठावान र राष्ट्रिय नेता उम्मेदवार पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय मतदाताले अत्याधिक मतले श्रेष्ठलाई बिजयी गराउने बताएका छन ।

चुनावी सभामा गोरखा जिल्ला क्षेत्र नम्बर २ को १ का प्रदेश सभाका उम्मेदवार कमला नहर्की ले परिवर्तनका निम्ति लडेको शक्ति बामपंथी उम्मेदवार लाई गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि बिजयी गराउन अपिल गर्नुभयो ।

कमेन्ट गर्नुहोस्