Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रहरी उपरीक्षक काँग्रेस चुनाव प्रचारमा

गोरखा, मंसिर ४ । गोरखाका प्रहरी उपरिक्षक मंसिर १० गते हुने प्रतिनीधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष रुपमा नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारमा संलग्न भएको पाइएको छ । आफू मातहत प्रहरी निकायलाई कडा निर्देशन दिँदै यो निर्वाचनमा गोरखाबाट कुनैपनि हालतमा बामपन्थीहरुले जित्न नहुने बताएको इलाका प्रहरी कार्यलयमा कार्यरत एक जना प्रहरी निरीक्षकले बताए ।

जिल्लाको चुमनुब्री गाउँपालिकामा आज नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार सामग्री र नगद सहित भेटिएका भारतीय दुतावासका कर्मचारी नविन गुरुङलाई स्थानीय गाउँलेहरुले समातेर प्रहरीलाई बुझाइएका र प्रहरीले गुरुङलाई भगाएर गाउँलेहरुलाई काँग्रेसको चुनाव प्रचारमा सहयोग गर्न अपिल गरेको बताइएको छ । माथिको आदेश मान्न आफूहरुलाई बाध्य पारिएको प्रहरी जवानहरुले बताएका छन् ।

यतिबेला गोरखाको चुनावमा सुरक्षाको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक प्रकाश अधिकारी सुडान काण्डमा भ्रष्टचार गरेर कारवाहीमा परेका थिए । आफूसँगका सहयात्रीहरु बढुवा भैसक्दा पनि आफू तल्लो तहमा रहेर काम गर्नुपरेको भन्दै नेपाली काँग्रेसलाई विजयी गराउन सके आफ्नो सपना साकार हुने बताउने गरेको गोरखा जिल्लाका प्रहरीहरु बताउँछन् । यसबारेमा थप जानकारी लिदा सुडान काण्डको फाइल पुनः खोल्ने तयारी भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालत काठमाण्डौ स्रोतले जानकारी दिएको छ ।

गोरखाको निर्वाचन क्षेत्र नं। १ को ख मा नेपाली काँग्रेसका राजेन्द्र बजगाई प्रदेश सभाको उम्मेदवार छन् । उनी प्रहरीकर्मचारीका ज्वाईँ र पैसावाल भएका कारण गोरखाका प्रहरी प्रमुख समेत सँगै लागि परेको बताइएको छ । यसबारेमा जिल्ला प्रहरी कार्यालय गोरखामा जानकारी लिंदा विषय गम्भीर भएकोले सुक्ष्म अनुसन्धानको क्रममा रहेको एक प्रहरी नायव उपरिक्षक बताउँछन् ।

यस अघि २०६४ र २०७० को निर्वाचनमा तत्कालिन एमाओवादीले विजयी हासिल गरेको गोरखा जिल्लामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो र माओवादी केन्द्र दोश्रो भएको थियो । पछिल्लो जनमत अनुसार माथिल्लो निकायमा पुगेर उत्पीडित जनताको पक्षमा निर्णय लिन सक्ने बामपन्थी पार्टीहरुलाई मत जाने संकेत देखिएको गोरखामा रहेर लामो समय काम गरेका प्रजातान्त्रिक धारका एक प्राध्यापक बताउँछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: