कान्ति लोकपथ राष्ट्रिय राजमार्गः चेतनाथ संजेल

नवीन लुईटेल

ललितपुर, मंसिर ४ । राजधानीलाई तराईसँग जोड्ने कान्ति लोकपथ द्रुतमार्ग छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता बाम गठबन्धनका एक उम्मेद्वारले ब्यक्त गरेका छन् ।

तराई जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका दक्षिणकाली–हेटौंडा र बनेपा–सिन्धुली राजमार्गले ठूला यात्रुवाहक र मालवाहक सवारी थेग्न नसक्ने हुनाले पनि कान्ति लोकपथलाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता ल्लितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेद्वार चेतनाथ सञ्जेलले गरेका छन् ।

माल्टामा मतदाताहरुमाझको घरदैलो कार्यक्रममा बोल्दै उनले कान्ति लोकपथलाई छिटो भन्दा छिटो सम्पन्न गरेर जनतालाई सहयोग गर्ने वचन दिए । उनका अनुसार ठेकेदार कम्पनी र आयोजनाले सडक विस्तार कार्य तीव्र गति नदिँदा निर्धारित समयमा योजना सकिने सम्भावना टरेको हो र ।

कान्ति लोकपथ आयोजनामा भएको ढिलासुस्ती र अपारदर्शिताको छानवीन गर्न पहल गर्ने मेरो प्राथमितामा छ , उनले भने र्, यो लोकपथलाई तत्काल राष्ट्रिय प्राथमिकताको राजमार्गका रुपमा शिघ्र कार्यान्वयनमा ल्याउने प्राथमिकता छ ।

कान्ति राजमार्गलाई कछुवाको गतिबाट छिटो हिडाउन म पहल गर्नेछु , उनले भने र्, सडक विस्तारका क्रममा देखीएका समस्या समाधान गर्दै लैजानुपर्छ , सडक विस्तारका क्रममा भत्काइएका घरलाई क्षतीपुर्ति दिनुपर्छ । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथको लम्बाइ ९० किलोमिटर छ ।

आफ्नो क्षेत्रको सडक स्तरोन्नती गर्ने, भट्टेडाँडामा सुविधा सम्पन्न अस्पताल बनाउने उनको योजना छ ।

यसैगरी उनले कृषिलाई वैज्ञानिक र व्यावसायीकरण गर्ने, खाडी मुलुकमा रोजगारीका लागी गएका नेपाली युवालाई देशमै राखेर कामको सिर्जना गर्ने, बिजुली नपुगेका घरमा बिजुली पु¥याउने, पर्यटनको संभावनालाई मुर्त रुप दिने लगायतका योजना अघि सारेका छन् । परम्परागत जात्रा, मठ मन्दिर आदीको संरक्षणमा जोड दिने प्रतिबद्धता छ ।

 

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: