Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेरुदण्ड पिडित सुरेन्द्र  बम्जनको सहयाेगार्थ युएईमा बृहत सास्कृतिक कार्यक्रम हुँदै

जनबादी गायक नबिन खड्का र तामाङ सुपरस्टार अमीर दोङ एकैसाथ
युएई , मंसिर ५ । प्रगतिशील कलाकार सघ युएईको आयोजनामा हुन लागेको बृहत सास्कृतिक कार्यक्रममा भाग लिन नेपालबाट जनबादि गायक नबिन खड्का र चलचित्र निर्देशक तथा नायक अमिर दोङ आउदो १३ तारीख युएईमा सहभागी हुँदै छन् ।
५ बर्ष देखि मेरुदण्डको उपचार नपाइ अपाङ्ग जिबन बिताउदै आयका सिन्धुलीका सुरेन्द्र कुमार बम्जनको उपचारमा आर्थिक सहयोग पुर्याउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रम ब्यबस्थापक तथा सम्योजक सुरेन्द्र थिङले दिए । 
आफ्नो सम्पुर्ण जायजेथा बेचेर उपचार गर्दा समेत ठिक हुन नसके पछी उनि हाल ह्विल चियरको सहायतामा जिबन बिताउदै आएका छन ।  नेपालका विभिन्न अस्पतालमा उपचार गराउदा समेत ठिक नभएको र आफ्नो सबै जायजेथा सकिय पछी केहि समय अघि सुरेन्द्रले गाउ बिकास समितिको कार्यलय मार्फत देश बिदेशमा रहेका नेपाली माझ सहयोगको अपिल समेत गरेका थिए ।
चर्चित कलाकारहरको साथमा दुबईको काल्टर्न टावर होटलमा डिसेम्बर १५ तारीख हुन लागेको बृहत सांस्कृतिक कार्यक्रममा तामाङ कथानाक चलचित्र “डेन्बा माया” को पनि च्यारटी सो गरिने आयोजकले बताएका छन ।
कार्यक्रममा युएईमा क्रियासिल बिभिन्न संघ संस्थाका प्रतिनिधि ब्यबसायी, बुद्धिजिबी, पत्रकार,स्थानीय कलाकार लगायत युएईमा कार्यरत हजारौं नेपालीको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: