पम्फा भुसाल क्षेत्रमा चुनावी रौनक(हेर्नुहोस् फोटोफिचर)

घरघरमा स्थानीयद्वारा फुलमालाले स्वागत र सम्मान

काठमाडौं, मंसिर ५ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा वाम गठन्धनतर्फबाट ललितपुर ३ मा प्रतिनिधिसभा तर्फकी साझा उम्मेदवार पम्फा भुसालको पक्षमा ललितपुरमा माहोल बढेर गएको छ ।

उनलाई घर दैलोका क्रममा घर घर तथा टोल टोलमा फुलमालाले स्थानीयले स्वागत गरिरहेका छन् । घरदैलोमा जनसहगितामा समेत बढेपछि उनले आफू उत्साहित भएको र ललितपुरवासीका समस्या समाधान अब आफूबाट नै हुने घोषणा समेत गरेकी छिन् ।

उनले ललितपुरलाई साँस्कृतिक राजधानी बनाउने, खानेपानीको समस्या हल गर्ने, सडक पिच गर्ने तथा ललितपुरमा रिङ रोड स्थापना गर्ने घोषणा गरेकी छिन् । वाम गठबन्धनको ललितपुर ३ अन्तर्गत आज बुङ्मतीमा घरदैलो कार्यक्रम रहेको छ ।
सोमबार भनिमण्डल एकान्तकुना, नख्खु क्षेत्रमा वाम गठबन्धनले घरदैलो अभियान गरेको थियो ।

सो क्रममा गरिएको स्वागत यस्तो रह्यो :

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: