विष्फोटजनक पदार्थ सहित चितवनमा विप्लवका युवा दुई पक्राउ

राजेन्द्र आचार्य

चितवन, मंसिर ४ । चितवनमा विष्फोटजनक पदार्थसहित विप्लव माओवादी निकट दुई विद्यार्थी नेता पक्राउ परेका छन् भने अन्य दुई जिल्ला नेताहरु माडीबाट पक्राउ परेका छन् ।

निर्वाचन गतिविधि नियन्त्रण गर्ने चितवन प्रहरी विशेष अभियान अन्र्तगत दुई विद्यार्थी नेताको आफ्नै कोठाबाट ५ केजी जिलेटिन र विष्फोटक पदार्थ बनाउन लाग्ने तार वरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता प्रभु प्रसाद ढकालले सौराहा अनालाईनलाई जानकारी दिए ।

पक्राउ पर्नेहरूमा विद्यार्थी नेता दिवस भुषाल र अरुण गिरी रहेका छन् । शंकास्पद अवस्थामा रहेका उनीहरुलाई प्रवक्ता प्रभुप्रसाद ढकालको नेतृत्वमा रहेको प्रहरीले चेकजाँच गर्ने क्रममा भरतपुर ७ पिपलचोकबाट ५ केजी जिलेटिन र विष्फोटक पदार्थ बनाउन लाग्ने तार वरामद गरेको हो भने माडीमा चन्दा असुलीरसीद र निर्वाचन गतिविधि गरेका विप्लव माओवादीका जिल्ला सदस्य टिका नेपाली र क्षेत्रिय सदस्य रमेश श्रेष्ठलाई पनि माडीबाट पक्राउ गरेको उनले बताए ।

पक्राउ परेकालाई अहिले थुनामा राखि थप अनुसन्धान भईरहेको उनले बताए ।
त्यसको अलावा प्रहरीले चुनाव नजिकै जाँदा निर्वाचन गतिविधि विपरित कार्य गर्ने विप्लव माओवादीका ३ जना कार्यकर्तालाई यस अघि नै पक्राउ गरिसकेको छ ।
प्रहरीले हिजो मात्रै जिल्ला इन्चार्ज लालबहादुर बिसी, पुर्वी चितवनको पिठुवाका लक्ष्मी न्यौपाने लगायत नाम नखुलेका एक जना रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: