Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पहिलो चरणको निर्वाचनको सबै तयारी पूराः निर्वाचन आयोग

काठमाडौं, मंसिर ५ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री पु(याउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनुभयो । यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ ।

यी जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै सम्वन्धित निर्वाचन क्षेत्रमा खटिएका छन् । २१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा भने ७ गतेदेखि अनुगमनकर्ताहरुलाई खटाइने छ । नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: