मङ्सिर ५ । उपेन्द्र तिमिल्सिना निर्देशित चलचित्र ‘अफिसर’ प्रदर्शनको लागि तयार भएको छ । सम्पुर्ण प्राबिधिक कार्य सकाएर चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने तारतम्य मिलाउन आफु लागि परेको प्रस्तुतकर्ता निरन्जन शर्माले बताए ।
प्रचार प्रसारको सुरुवात भदै अहिले निर्माण युनिटले चलचित्रको फष्टलुक सार्वजनिक गरेको छ । पोष्टरका फरक फरक दुई डिजाइन फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पोष्टरमा नव–अभिनेता निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल देखिएका छन् ।
त्यस्तै निर्माण युनिटले फष्टलुकसँगै ट्रेलर समेत सार्वजनिक गरेको छ । ट्रेलरमा चलचित्रको महत्वपुर्ण केही अंस राखिएका छन् । ट्रेलर हेर्दा चलचित्र एक्सन र प्रेमकथाको बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।
नव–अभिनेता निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको अभिनय रहेको चलचित्रको छिट्टै सार्वजनिक मितितय गरिने प्रस्तुतकर्ता समेत रहेको अभिनेता शर्माले बताए ।
शशी बिक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् ।