पुत्रशोकमा रहेका प्रचण्डलाई अस्पताल भर्ना घाइतेले ‘मलाई बचाउनुस’ भन्दै रोएपछि !

भरतपुर, मंसिर ५ । साँझ सवा ६ बजे, बिशाल आमसभा सकिए लगत्तै प्रचण्ड भरतपुर अस्पताल पुगे, रौतहटमा बम बिष्फोटमा परि घाईते भएकालाई भेटन ।

अस्पतालको सघन उपचार कक्षको पल्लो कुनाको बेडमा पल्टीएकि थिईन सरिता राई !

निर्वाचनमा त्रास र आतंक फैलाउने समूहको आक्रमणमा परि गम्भीर घाइते सरिताले सुरुमा को भेटन आएको चिनिनन । प्रचण्डले सरिताको अवस्थाबारे कुरा गरे डाक्टरसँग । एउटा खट्टा काम नलाग्ने भएको र कृत्रिम खट्टा राख्नुपर्ने डाक्टरले बताए ।

याे पनि पढ्नुस  प्रदेश नं. ३ को राजधानी हेटौंडा नै स्थायी हुनेः अध्यक्ष दाहाल

एकछिनमा कसैले सोधे–चिन्नु भो उहाँलाई ?

सरिताले एसो हेरिन, त्याहिबेला कसैले भन्यो- अध्यक्ष प्रचण्ड तपाईलाई भेटन आ का छन ।

सरिताले फेरी अलि गहिरोसँग हेरीन । अकस्मात् भक्कनो फूट्यो उनको १

“मलाई बचाउनुस हजूर, मेरो २ वर्षको बच्चा छ । मलाई बचाउनुस”

याे पनि पढ्नुस  पार्टी एकता जनताको साझा सम्पत्ति होः अध्यक्ष प्रचण्ड

दुई दिन अघिमात्र आफ्ना एकमात्र छोराको चितामा आगो लगाएर फ़र्केका प्रचण्डले भने, “चिन्ता नलिनुस, बाँचनुहुंछ तपाई, अब राम्रो उपचार हुने ठाऊँमा पुग्नु भा छ, न आत्तिनुस”

एकछिन घर व्यवहारका कुरा गरेर प्रचण्ड अर्का घाईते बालक भेटन अर्कों बेडतर्फ लागे ।

याे पनि पढ्नुस  सहमतिमै संशोधनको प्रस्ताव गरियाे, एमालेकाे टाउकाे दुखाई किन ?

दिनभरि छोराको मृत्युमा आयोजित श्राद्वांजलिमा आँसू झारेर बसे प्रचण्ड । साँझ त्यही मृत्यु र जीवनको दोधारमा रहेकि सरितालाई सांत्वना

सोचे होलान– प्रकाश त अस्पताल नै जान पाएन, उसलाई पनि अस्पताल लैजान पाएको भए !

तर नियतिलाई त्यों मंज़ूर थिएन ।

 

 

 

कमेन्ट गर्नुहोस्