नयाँ शक्ति रित्तिदै, माओवादी केन्द्र बलियो हुँदै

नयाँ शक्ति थालाजुङ सचीव ढकाल र सदस्य खत्री माओवादी केन्द्रमा प्रवेश

गोरखा, मंसिर ५ । नयाँ शक्ति पार्टी नेपालका दुई नेता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।

नयाँ शक्ति पार्टी नेपालका थालाजुङ सचीव सिताराम ढकाल र सदस्य बलबहादुर खत्री आज माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

गोरखा जिल्ला क्षेत्र नम्बर २ दुइ अन्तर्गतको शिरानचोक गाउँ पालिका वडा नम्बर (२ खत्री गाउँमा आयोजित चुनावी सभामा ढकाल र खत्री माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट विचारधारा छोडेको, व्यक्तिवादी सोच राख्ने भएकोले अब भट्टराई सङ्ग बस्न नसकिने निष्कर्ष निकाल्दै माओवादी केन्द्र प्रवेश गरेको ढकालले बताउनुभयो ।

पार्टी प्रवेश गर्नु भएका ढकाल र खत्रीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।

हिजो मात्रै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

 

कमेन्ट गर्नुहोस्