Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दरबारमा जन्मिएको होइन, म त गाउँमा जन्मिएको : नवराज सिलवाल

ललितपुर, मंसिर ५ । ललितपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेद्वार नवराज सिल्वालले आफु दरवार या कुनै ठुलो खान्दानमा नजन्मिएकाले जनताको छोरा भएको बताएका छन् ।

सामान्य घर परिवारमा जन्मीएको मान्छेले ठुला ठुला र सामन्ती कुरा नगर्ने स्पष्ट पारेका छन् र्। म जनतालाई विश्वास दिलाउन चाहन्छु, प्युटारमा घरदैलो कार्यक्रममा मतदाता माझ उनले भने र्, म तपाई जस्तै सामान्य जनताको पीर मर्कालाई संबोधन गरेर लैजाने प्रयासमा छु, म कुनै दरबार, शहर या कुनै ठुलो खान्दानमा जन्मिएको होइन ।

पुर्व डिआइजी समेत रहेका सिल्वालले आफु भर्खरै मात्र राजीनतीमा होमिएकाले कति कुरा सिक्दै गरेको बताए ।

उनले एकथरी साथीहरु आफ्नो उम्मेद्वारीबाट अत्तालिएर अनेकन अनर्गल हल्ला गरेर हिडिरहेकोमा दुख ब्यक्त गर्दै चुनावमा प्रतिस्पर्धा गर्न प्रतिद्धन्द्धीलाइ आग्रह गरे । उनले लोकतन्त्रमा जित हारलाई स्वीकार्न सक्ने क्षमता हुनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: