Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धनकुटामा निर्बाचन सामाग्री पुग्यो

धनकुटा, मंसिर ६ । मंसिर २१ गते हुने धनकुटाको निर्वाचनका लागि चाहिने आवश्यक सामग्री पुग्न थालेको छ ।

निर्वाचनका लागि आवश्यक ६६ प्रकारका सामग्री मध्ये निर्वाचन आयोगले पठाएका ४६ प्रकारका सामान आइपुगेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

मतपेटीका, छेकावारा, सुरक्षण सिल, स्वस्तिक छाप, स्ट्याम्प प्याड, कार्टुन बक्स, स्टिकर, कैंची, क्याल्कुलेटरलगायत सामान आइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

१ लाख ५ हजार १ सय ८८ मतदाता रहेको धनकुटामा २१ गते हुने चुनावका लागि १ सय १७ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: