पाल्पा निर्वाचन क्षेत्र नं २ मा : पूर्व सांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा, मंसिर ६ । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)ेका सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हँुदैछ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

नेपाल क्षेत्र नं ३ बाट र पाण्डेय क्षेत्र नं २ बाट संविधानसभा निर्वाचन २०७० मा निर्वाचित पूर्व सांसद हुनुहुन्छ । दुवै नेताहरुले अहिले एउटै निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएपछि चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । तीन निर्वाचन क्षेत्र रहेको पाल्पालाई राज्य पुनःसंरचना गर्दा दुई निर्वाचन क्षेत्र कायम गरिएको थियो ।

याे पनि पढ्नुस  किन बोलायो आयोगले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि ?

विसं२०७०को संविधानसभा निर्वाचनमा नेपालले १३ हजार १३५ मत ल्याएर विजयी बन्नुभएको थियो । उहाँ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि पाल्पा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । पाण्डेयले १३ हजार १९३ मत ल्याई संविधानसभाको सदस्य बन्नुभएको हो । पूर्व मन्त्रीसमेत रहनुभएका पाण्डेय पाल्पा क्षेत्र नं २ बाट २०५१ र २०५६ सालमा सांसद बन्नुभएको थियोे । त्यसैले पनि यस क्षेत्रको निर्वाचनमा कसको पक्षले विजय सुनिश्चित हुने भन्न कठिन भएको छ ।

याे पनि पढ्नुस  आयुक्तलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति

दुवै लोकप्रिय नेता भएकाले निर्वाचनमा यसले नै जित्छ भन्न सकिने अवस्था नभएपनि २०७० सालको संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनको पाल्पाका दुवै निर्वाचन क्षेत्र बलियो देखिएको छ ।निर्वाचनपछि जिल्लामा करिब १८ हजार ७०० मत बढेकाले सो मतदाताको मत नै निर्णायक हुने अनुमान छ ।

संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ जिल्लामा एमालेले ४२ हजार ५५१, नेकपा माओवादी केन्द्रले १४ हजार ८४८ र नेपाली काँग्रेसले ३८ हजार १९१ मत ल्याएका थिए । २०७० निर्वाचन अनुसार वाम गठबन्धनको ५७ हजार ३९९ मत रहेको छ । काँग्रेसभन्दा १९ हजार २०८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।

याे पनि पढ्नुस  भदौं १ भित्र चुनावको मिति तोक्न सरकारलाई आयोगको ताकेता

स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कुल मत जोड्दा काँग्रेसले ४७ हजार २०३ मत ल्याएको थियो भने एमाले ५४ हजार ९४ मत र माओवादीले १६ हजार २६६ मत ल्याएको थियो । अहिले वाम गठबन्धनको ७० हजार ३६१ मत जोडिदा काँग्रेसको भन्दा २३ हजार १५८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।

पछिल्लोपटक १८ हजार ७०० मतदाता थपिए पछि जिल्लामा कुल एक लाख ८१ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्