Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जानिराखौँ खाली खुट्टा घाँसमा हिँड्नाले यी फाइदाहरु हुनसक्छ

तपाईलाई याद छ, अन्तिम पटक तपाई खाली खुट्टा कुन बेला हिड्नुभएको थियो ? शायदै याद होला ।

बिहान उठ्नासाथ हामी एउटा मेसिन बन्छौँ र मेसिनजस्तै काम गर्न थाल्छौँ । जुत्ताको डोरी बाँध्दै कामको लागि निस्किन्छौ । घर आउँदा आउँदै रात पर्छ र फेरि थाकेर ओछ्यानमा पल्टन्छौँ । तर, के तपाईँलाई थाहा छ खाली खुट्टा हिड्ने बानीले आफ्नो लाइफ स्टाइलको दिनचर्या बनाएर तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।

तपाईले घरमा हजुरआमा–हजुरबुबालाई भनेको सुन्नुभयो होला बिहान खाली खुट्टा घाँसमा हिड्नाले आँखाको रोशनी बढ्छ ।

तर, बिहान खाली खुट्टा घाँसमा हिड्नाले यो एकमात्र फाइदा हुँदैन । प्रत्येक बिहान खाली खुट्टा घाँसमा हिड्नाले तपाई लामो समयसम्म जवान रहन सक्नुहुन्छ । खाली खुट्टा जमिनमा हिड्ने बानीले शरीरको बनावट सही रहन्छ ।

यसले ढाँड पनि सोझो रहिरहन्छ, जसले ढाँड र पिठ्युको हड्डीसँग सम्बन्धीत धेरै समस्याबाट बचाउन सक्छ । त्यस बाहेक खाली खुट्टा हिड्नाले खुट्टाको दुखाईमा पनि राहत हुन्छ । खाली खुट्टा हिड्नाले ब्लड सर्कुलेशन बढ्छ । जसले पैताला बलियो हुन्छ । नियमित केहि समय खाली खुट्टा हिड्नाले खुट्टाको पुरानो दुख्ने समस्यामा समाधान भएर जान्छ ।

एक अध्ययनका अनुसार, खाली खुट्टा हिड्नाले तनाव पनि कम हुन्छ र दिमाग पनि शान्त रहन्छ ।

एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: