Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाँच कार्यकाल प्रधान पञ्च बनेका खड्काले अपारलाई भने ‘तपाई चुनाब जित्नु हुन्छ ’

दिपक बोहरा

तुलसीपुर, मंसिर ६ । वामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ को प्रदेश सभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ चुनावी अभियानकै क्रममा ५ कार्यकाल (२५ वर्ष) प्रधानपञ्च भएका भेट्ने अवसर पाए ।

तुलसीपुर उपमहानगरपालिका ४ मिलनचोक निबासी डिल्लीबहादुर खड्का तुलसीपुरको ५ कार्यकाल प्रधानपञ्चमा जननिर्वाचित भएका थिए । त्यतिबेलाका लोकपृय तथा ईमान्दार नेता भएकै कारण उनलाई ५ पटक मतदाताले जिताए । उनी जनतामाझ निकै लोकपृृय थिए । किनकी उनी ईमान्दारी पुर्बक विकास निर्माणको कार्यलाई अघि बढाए ।

उनले न त झुट्टा आस्वासन दिएर भोट मागेनन्, न त कसैलाई पैसा बाँडे । उनले केवल आफुले गर्न सक्ने मात्रै काम जनता माझ लिए, र जितिसके पछि आफुले गरेका बाचा पुरा गरे । त्यसैले नै उनी ५ कार्यकाल प्रधानपञ्च हुने मौका उनलाई जताले दिए । त्यही स्वभाब अहिले माओवादी केन्द्रका नेता समेत रहेका बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ मा रहेको उनले बताए ।

करिब एक घण्टा भलाकुसारी गरेका उनले अपारको स्वभाब प्रष्ट बुझ्थे । किनकी उनले जनताको स्वभाव प्रष्टै बुझ्ने उनीहरुको आबश्यकता बुझ्ने क्षमता भएकाले नै उनले ५ पटकसम्म पनि जनताले चुने । उनले सहजै अपारको स्वभाब बुझे भने ‘तपाईले अहिले जुन एजेण्डा, उद्देश्य लिनुभएको छ, त्यो पुरा गर्न सक्नुहुन्छ, आवश्यकता भन्दा बढी कुरा गरेर भोट माग्ने काम गर्नुभएको छैन ।’

त्यसैले तपाई जस्ता सरल, ईमान्दार, त्यागी नेतालाई जनताले पनि पत्याउछन् ।

मान्छेले ठुला ठुला आस्वासन दिने नेता भन्दा पनि जनताका आधारभुत तथा साना साना समस्या समाधान गर्न सक्ने नेतृत्व खोजेको छ । उनले भने– ‘मैले तपाईलाई यति ईमान्दार, सरल हुनुहुन्छ भनेर सोँचेको पनि थिईन्, एक घण्टासम्म कुरा गर्दा म निकै प्रभावित भएको छु, जनताले पनि अनावश्यक गफभन्दा काम गर्न सक्ने मान्छेलाई चुन्ने छन् ।’

अहिलेको विज्ञान र प्रबिधिको विकाससँगै समाज रुपान्तरण, विकास र समृद्धिका लागि बाम गठबन्धनले अघि सारेका एजेण्डा महत्वपुर्ण भएको भन्दै ५ बर्षसम्म बाम गठबन्धनले स्थायीरुपमा सरकार चलाउन पाएमात्रै ५ बर्षमै बिकसित र समृद्ध बनाउन सकिने बताए । अहिले बामगठबन्धनको देशभर राम्रो माहोल तयार भएको समेत उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: