हर्मी–जमुने–डाडाकटेरी सडक निर्माण गर्न माग

म बोलेको कुरा पूरा गर्छु श्रेष्ठले भने– ‘गर्न नसक्ने कुरा बोल्दिनँ’

गोरखा, शिरानचोक, मंसिर ६ । शिरानचोक गाउँपालिका ३ डाँडाकटेरीका स्थानीयले हर्मी–जमुने–डाँडा कटेरी सडक निर्माण गर्न माग गरेका छन ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) को घरदैलोको क्रममा स्थानीयले सडक नहुँदा बर्षौदेखि समस्या भोगिरहेको गुनासो गरेका छन ।

गोरखाको बृहत विकास भयो र गर्यो भनेर धेरैले हल्ला गर्छन् तर हाम्रो समस्या आजसम्म कसैले सुनेनन् शिरानचोक ३ डाँडाकटेरीका मानबहादुर गुरुङले भन्नुभयो– ‘सडक–बाटो र खानेपानीको ठुलो समस्या छ । नेताहरू चुनावको बेला भोट माग्न आउने तर चुनावपछी गाउँ नफर्कने स्थानीयले गुनासो गरेका छन।

बाबुराम भट्टराईले आफ्नो क्षेत्रको मात्र विकास गरेको स्थानीयले आरोप लगाएका छन । हामीलाई बर्षौ देखि सडक–बाटो र खानेपानीको समस्या छ तर आजसम्म यहाँ भट्टराई आएनन् स्थानीयले भने स् भट्टराई ले कहाँ विकास गरे हामीलाई .लाइ थाहा छैन ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले हर्मी–जमुने–डाँडाकटेरी सडक निर्माण गर्न तत्काल कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

म बोलेको कुरा पूरा गर्छु श्रेष्ठले भन्नुभयो– ‘गर्न नसक्ने कुरा बोल्दिनँ।’

अरु नेताजस्तो झुठो आश्वासन बाँड्ने आफ्नो बानी नभएको भन्दै श्रेष्ठले जनताको माग पुरा गर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्