विप्लव समूहका कार्यकर्ता पक्राउ

इटहरी, मंसिर ६ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका कार्याकर्तालाई पक्राउ गर्ने रणनीति सफल बन्दै गएको छ ।

यसै क्रममा प्रहरीले इटहरी र इलामबाट विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले इटहरीबाट एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेको अरोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो । आवश्यक सोधपुछ र अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । उनीसंगै अहिलेसम्म सुनसरीमा नेकपाका आठ जना नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यसैबीच निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई इलामबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं.११ सोयाकका सञ्जिव फागो, वडा नं.१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् ।

एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: