युएईसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

मेहबुब र सौरभले नाम फिर्ता लिए

काठमाडौं, मंसिर ६ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत युएईसँग खेल्न बन्द प्रशिक्षणमा रहने २० सदस्य नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

विश्व क्रिकेट लिगअन्तर्गत अन्तिम चरणको खेलमा युएईसँग उसकै मैदानमा दुईवटा एक दिवसीय खेल खेल्न जाने नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ ।

याे पनि पढ्नुस  वान डे सिरिजः अष्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको मौका

पहिलो चरणमा २७ खेलाडी छनोट गर्दै प्रशिक्षण शुरु गरेको नेपालले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बिनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, सागर पुन र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन् ।

याे पनि पढ्नुस  विश्वकप अघि चम्किँयो वेस्ट इन्डिज, न्यूजिल्याण्डलाई ४२२ रनको लक्ष्य

यस्तै, जितेन्द्र मुखिया, आरिफ शेख, अनिल कुमार साह, दिलिप नाथ, हासिम अन्सारी, कुशल भुर्तेल, सुशील कँडेल, आसिफ शेख र रोहित कुमार पौडेलले पनि टोलीमा स्थान सुरक्षित गरेका छन् ।

पहिलो चरणको प्रशिक्षणमा सामेल नरेश बुढाऐर, अनिल मण्डल, सुसन भारी, सुनिल धमला र बिक्रम सोबले भने टोलीमा स्थान बनाउन सकेनन् ।

याे पनि पढ्नुस  असार ६ देखि एइसी कप क्रिकेट

उता, चोटका कारण मेहबुब आलम र सौरभ खनालले टोलीबाट नाम फिर्ता लिएका छन् ।

कमेन्ट गर्नुहोस्