Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शेरबहादुर देउवालाई हराउन जनमोर्चाले माओवादीलाई भोट हाल्ने

काठमाडौं, मंसिर ७ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसलाई ठूलो झड्का लागेको छ ।

बाम गठबन्धनसँग कार्यगत एकता गरेको राष्ट्रिय जनमोर्चा नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भन्दै डडेल्धुरामा बाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्टलाई मत दिने निर्णय गरे पछि कांग्रेसका सभापति समेत रहेका देउवा समस्यामा पर्ने भएका हुन् ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जम्मा २४ सय मतले पराजित भएका भट्ट अहिले एमाले र माओवादी केन्द्रको सयुक्त गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । अहिले केहीबेर अघि मात्रै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डडेल्धुरामा गठबन्धनका उम्मेदवार भट्टलाई मत हाल्ने निर्णय भएको बताए । यसैगरी राजमोले

गुल्मी १ मापनि बाम गठबन्धनका साझा उम्मेदवार प्रदीप ज्ञवालीलाई मत दिने निर्णय गरेको छ । गठबन्धनका उम्मेदवारलाई जिताउनै पर्ने महसुस गरेर इस्तो निर्णय गरिएको अध्यक्ष केसीले जानकारी दिए । यसअघि राजमोलाई प्युठानमा गठबन्धनले सहयोग गरेको छ । राजमोको पछिल्लो निर्णयले प्रधानमन्त्री समेत पराजित हुनसक्ने आँकलन गरिन थालेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: