काग्रेसलार्इ भाेट मागेकाे भनेर चरित्रहत्या गर्न खाेजियाे: माअाेवादीबाट वडाध्यक्ष गुरुङ

गोरखा (सौरपानी), मंसिर ७ । जिल्लाको सुलीकोट गाउँपालिकाको वडा नम्बर ४ सौरपानीमा माओबादी पार्टीबाट बिजयी भएका वडा अध्यक्ष भिम बहादुर गुरुङले आफुले काग्रेस उमेद्वारको पक्षमा मत माग्दै हिडेको भन्ने समाचार भ्रामक बताएका छन् ।

नेकपा माओबादी केन्द्रका नेता समेत रहेका गुरुङले आफुले काग्रेसका उमेद्वारको पक्षमा मत मागेको भनेर सार्वजनिक भएको समाचार अत्यन्तै भ्रामक र कापोलकल्पित भएको बताए  ।

अहिले सम्म आफुले गरेको राजनीति बिचार सिदान्त र निष्ठाको राजनीति भएको भन्दै आफुलाई जानकारी नदिई काग्रेसले जथाभावी आफ्नो नाम लेखेर समाचार सार्वजनिक गर्याे उनले भने  “ केही सन्चार माध्यमहरुले मेरो चरित्रहत्या गर्ने उद्देस्यका साथ समाचार सार्वजनिक गरेको भन्ने सुनेको छु, त्यो गलत हो, म मेरो बिचार सिदान्त भन्दा टाढा कहिल्लै जान सकिन्न । ”

काग्रेसले पराजित मनासिकताका कारण आफुमाथी भ्रण सिर्जना गर्ने सन्चारमाध्यममा जथाभावी बोल्दै हिडेको उनले बताए । अध्यक्ष गुरुङले बाहिर आएको भ्रममा नपर्न पनि सवै मतदाताहरुलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्