Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन नयाँ राष्ट्रपति बन्ने निश्चित

काठमाडौं, मंसिर ७ । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ ।

जिम्बाबेका सभामुखले भोलि एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् ।

सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि सत्तारुढ दलले मुगाबेको बाँकी कार्यकाल मनाङ्गाग्वालाई सुम्पने निर्णय गरेको हो ।

यसअघि मुगाबेले मनाङ्गाग्वालाई उपराष्ट्रपतिबाट बर्खास्त गर्नुभएको थियो । त्यसपछि सेनाले सत्ता आफ्नो हातमा लिएको छ ।

जिम्बावेका सरकारी सञ्चार माध्यमका अनुसार ७१ वर्षीय मनाङ्गाग्वाको शपथ ग्रहण कार्यक्रम शुक्रबारका लागि तय गरिएको छ ।

राजनीतिक चतु¥याइँका कारण ‘गोही’ उपनामले चिनिने मनाङ्गाग्वाले वक्तव्य जारी गर्दै जिम्बाब्वेका सबै नागरिकलाई एक ढिक्का भएर देशको पुनर्निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: