Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल बन्दकाे अाव्हान नगरिएकाे विप्लवकाे प्रष्टीकरण

काठमाडौं, मंसिर ७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरीएको स्पष्ट पारेको छ ।

विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको माओवादीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बताएका हुन् ।

नेता कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत मंसीर ८ गतेको बन्द नेकपा माओवादी सम्वद्ध कुनै पनि भातृ संघ संगठन र जनमुक्ति सेनाले आयोजना नगरेकोले बन्द नभएको स्पष्ट पारेका छन् । उनले बन्दको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् ।

उनले देशव्यापी भइरहेको बम काण्ड पनि आफ्नो पार्टीको नीति भित्र नरहेको बताउँदै त्यसमा मुछेर आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिनु षड्यन्त्रपूर्ण भएको तर्क गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: