काग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

गोरखा, ०७ मंसिर । नेपाली काग्रेसका भक्तबहादुर कुमाल माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

नेपाली काग्रेसका जुझारु युवा कुमाल आज माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

गोरखा जिल्ला क्षेत्र नम्बर २ दुइ अन्तर्गतको गोरखा नगर पालिका वडा नम्बर (१२ स्याउलि बजारमा आयोजित चुनावी सभामा कुमाल माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

अडान नभएको, व्यक्तिवादी र अवसरवादी चरित्र भएको व्यक्ति नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईलाई काग्रेसले समर्थन गरेर सच्चा र इमानदार काग्रेस नेता कार्यकर्ता लाई निराश बनाएकोले काग्रेस परित्याग गरेको कुमालले बताउनुभयो ।

पार्टी प्रवेश गर्नु भएका कुमाललाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: