Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

८० वर्षीय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’

गोकर्ण पौडेल

दाङ, मंसिर ७ । चुनावी अभियानका क्रममा घोराही उपमहानगरपालिका वडा नम्वर १४ पुग्नुभएका शंकर पोख्रेललाई गणेशप्रसाद रोका मगरले मुख्यमन्त्री बन्नू भनेर शुभकामना दिनुभयो ।

चुनावी भेटघाटका क्रममा पुग्नुभएका पोख्रेललाई मगरले आफ्नै शैलीमा भन्नुभयो, ‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ । घरमै भेट्न आयौ म निकै खुसी छु । तिमीले जित्छौ ढुक्क होऊ । दाङ बनाउनकालागि तिमी जत्तिको नेता मैले आजसम्म देखेको पनि छैन ।’

आफू जागिरको क्रममा भारतमा रहँदा पनि त्यहाँको मुख्यमन्त्रीसँग नजिक भएर काम गरेको स्मरण गर्दै मगरले भन्नुभयो, ‘तिमी जितेर गएपछि केपी वली र प्रचण्डले मुख्यमन्त्री बनाउने भनेका छन् रे भन्ने सुनेको छु । तिमीले जित्यौ भने मात्र दाङको विकास हुन्छ भन्ने आशा राखेको छु । तिम्रा नेता झलनाथ, माधव नेपालसँग पनि भेटेको छु ।’

मगरले थप्नुभयो, ‘कस्ता नेताले जितेर गए भन्ने कुरा के भन्नुपर्छ र ? एक वटा पुल बन्न ६ वर्ष लाग्दा समेत कुनै वास्ता छैन ।’ मगर मात्र होइन, बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का ७० वर्षिय विष्णु डाँगीको भनाई पनि यस्तै छ ।

निर्वाचनका क्रममा डाँगीको घरमै पुग्नुभएका पोख्रेललाई डाँगीले भन्नुभयो, ‘हामी अब पैसोको पोइल जाने छैनौं । विकास गर्छौं भन्ने नेताको हालत पनि देखेका छौं । चुनावका बेला पैसा बाँड्न आउला अनि भन्छौं– ‘घोराही मुर्कुटी सडकको विकास त देखाएका छौ भनेर ।’

डाँगीको घरमा पुगेका पोख्रेलले जब डाँगीका स्थानीय जातका मौरीको घार अवलोकन गर्न थाल्नुभयो अनि उहाँ एक हातले आगोको झुम्का र अर्को हातले कर्द लिएर मह काढ्न थाल्नुभयो । ‘तपाई मुख्यमन्त्री बन्ने भनेको सुनेको छु । हामी ढुक्क छौं अन्यत्र मत माग्न जानुहोस् ।’

डाँगी र मगर मात्र होइन पोख्रेलसँगै बाल्यकालमा कुस्ती खेल्नुभएका धर्ना डाँगीगाउँका निलकण्ठ केसी समेत पोख्रेल मुख्यमन्त्री बन्ने खबरले निकै उत्साहित हुनुभएको छ । लामो समयसम्म राष्ट्रिय जनमोर्चामा रहेर काम गर्नुभएका केसी पोख्रेललाई जिताउन भर्खरै एमालेमा प्रवेश गर्नुभयो ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: