लाजिम्पाटमा स्व.प्रकाश दाहालको सम्झनामा बाबु प्रचण्डको भावुक मन्तव्य

काठमाडौं, मंसिर ७ । आइतबार निधन भएका पुत्र प्रकाश दाहालको निधनमा प्राप्त समवेदनाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् ।

बिहिबार लाजिम्पाटस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कृतज्ञता मन्तब्य दिँदै प्रचण्डले सबैको साथले आफू र परिवारलाई एकमात्र पुत्र बियोगको पीडा सहन र पीडासँग लड्न शक्ति मिलेको बताए ।

याे पनि पढ्नुस  अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना

भावुक हुँदै आफ्नो मन्तब्य दिएका प्रचण्डले कलिला दुई छोराहरुलाई टुहुरो बनाएर प्रकाश ३६ वर्षको उमेरमा बिदा भएको भन्दै उनको ३६ वर्षको उमेर संसार बुझ्न र बाँच्न अत्यन्तै थोरै समय भएको बताए ।

आफ्नो सक्रिय राजनीतिका कारण लालनपालमा बाबुका रुपमा आफूले कहिल्यै प्रकाशमाथि न्याय गर्न नसिकेको पनि प्रचण्डले उल्लेख गरे । उनले केहिले प्रकाशलाई केबल प्रचण्डको छोरोको रुपमामात्रै सीमित गर्न खाजेको भन्दै प्रचण्डले उनको योग्यता, भूमिका र क्षमताबारे कहिल्यै चर्चा नहुने गरेको गुनासो गरे ।

याे पनि पढ्नुस  प्रकाश दाहालको ‘हतियार’ चर्चा

उनले मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँढा र आर्यघाटसम्म स्वतस्फूत रुपमा उर्लिएको जनसागरलाई प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको प्रचण्डले बताए ।

यस्तो छ प्रचण्डको भावुक मन्तब्यः

कमेन्ट गर्नुहोस्