चुनावी सभालाई संवोधन गर्न ओली र प्रचण्ड धनगढीमा

लोकेश धामी

कैलाली, मंसिर ७ । संयुक्त चुनावी सभालाई संवोधन गर्न पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भोली धनगढी आउनु हुने भएको छ ।

आज धनगढीमा बाम गठबन्धले पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जानकारी दिएको हो । भोली दिउँसो १२ बजे धनगढी स्थित कर्भड हलमा चुनावी सभा हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

याे पनि पढ्नुस  आज दिउँसो २ बजे प्रचण्ड राष्ट्रिय नाचघरमा

सभामा हजारौं समर्थकहरुको सहभागिता रहने एमालेका नेता महेश्वर पाठकले बताउनुभयो । उहाँले स्थायी सरकार, शान्ती र समृद्धिका लागि दुइ पाटीबीच तालेमेल भएकाले सभामा उल्लेखीय सहभागिता आउने दाबी गरे ।

शान्तीपूर्ण तरिकाले आम सभा सम्पन्न गर्न सबै मततालाई बामगठबन्धले आग्रह पनि गरेको छ ।

याे पनि पढ्नुस  केपी अाेली काठमाडौं अाए लगत्तै प्रचण्डलार्इ भेट्न खुमलटार जाने

यस्तै आमसभा आयोजनाका लागि एमाले कैलालीको सचिवालय सदस्य लक्ष्मण कुवँर प्रमुख रहेको मूल निर्वाचन परिचालन समितिले विभिन्न उपसमिति गठन गरेको छ ।

संयोजक कुवँरका अनुसार घनश्याम भट्टराइ संयोजक र सुरज खाती उपसंयोजक रहेको युवा परिचालन समिति, दिर्घ जोशी संयोजक र डिल्लीराज खड्का उपसंयोजक रहेको यातायात परिचालन समिति, तेजेन्द्र थापा संयोजक र डम्बर भट्टराइ उपसंयोजक रहेको मञ्च व्यवस्थापन समिति दिनेशचन्द्र सुवेदी संयोजक र बसन्त बागचन्द उपसंयोजक रहेको अतिथि सत्कार समिति गठन गरिएको छ ।

याे पनि पढ्नुस  पशुपति आर्यघाटमा प्रचण्डले दिए दागबत्ती छोरा प्रकाशलाई

 

कमेन्ट गर्नुहोस्