धनकुटामा विस्फोट, पैदलयात्री घाइते

धनकुटा, मंसिर ८ । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम विष्फोट गराएको छ ।

धनकुटा नगरपालिकाको वडा नं. ९ र खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका वडा नं. ७ को सिमानामा पर्ने फुङसुवा खोलामा बिहान साढे ७ बजे बम विष्फोट गराईएको हो । उक्त घटनामा पैदाल यात्री तेजबहादुर कार्की घाईते भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगि अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।

बम विष्फोट भएको स्थल नजिकै आज बाम गठबन्धनका प्रदेस सभा उम्मेदवार निरन राईको कार्यक्रम थियो ।

कमेन्ट गर्नुहोस्