Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

५ नंं. प्रदेशको राजधानी दाङ : नेता महरा

दाङ, मंसिर ८ । दाङलाई पश्चिम नेपालको केन्द्र बनाउन आफू लागिपरेको नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताएका छन ।

रिपोर्टर्स क्लब दाङले शुक्रबार घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता महराले भने, ‘‘प्रदेश नं ५ को राजधानी दाङमै हुनेछ । दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा विकास गर्नेछु ।’’

उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले दाङलाई पर्यटनको ‘हब’का रुपमा विकास गर्न दाङदेखि रारासम्म सडक विस्तार गरिने बताए । उनले भने, “दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ ।”

दाङ हरेक हिसाबले सबल जिल्लाका रुपमा रहेको भन्दै उनले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा समेत गरे ।

नेता महराले दाङको पत्रकारिता नेपालमै उत्कृष्ट रहेको भन्दै यसलाई मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: