७० वर्षदेखि भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै हो : प्रचण्ड

'मनमोहन, केपीजी र मैले केही नयाँ रेकर्ड बनाएका छौ'

भरतपुर, मंसीर ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ले कमरेड मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताएका छन ।

वाइसियल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं. ३ को संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताए । अध्यक्ष प्रचण्डले भने, ‘नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा पर्यो। धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन्। तर, कमरेड मनमोहन, म र केपीजीले नेपालमा केही नयाँ रेकर्ड बनाएका छौं। हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरे र रेकर्ड बनाए।’

याे पनि पढ्नुस  भरतपुर महानगरपालिकाको निर्णय- साउन पाँचपछि राजमार्ग र बाइपासमा तीनपाङग्रे सवारी राेक

‘सत्तरी वर्षदेखि भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको छ,’ प्रचण्डले भने, ‘हामीले नै देशको जिम्मा लिनुपर्छ। कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ। अनि, विकास र समृद्धिको नेतृत्व लिन सकिन्छ। अहिले त्यही संकल्पका साथ हामी एकतावद्द भएका छौं।’

याे पनि पढ्नुस  तीव्रगतिमा देश विकास गर्ने माेडलकाे अध्ययन गर्न छिट्टै चीन र भारतको भ्रमणमा जादै प्रचण्ड

कार्यक्रममा प्रचण्डले उपभोक्तावादी संस्कृतिको प्रदुषणबाट ग्रसित बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने तत्वबाट सचेत रहन युवाहरुलाई आग्रह गरे । भेलालाई एमाले चितवन जिल्ला अध्यक्ष तथा क्षेत्र नं. २ का उम्मेद्वार कृष्णभक्त भुर्तेल, माओवादी नेताहरु अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, वाइसियलका अध्यक्ष दीपशिखा लगायतले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्