पैंसावालालाई भारी मतले पराजित गर्नुहोस्ः ओली

धनगढी, मंसिर ८ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पत्नी आरजु राणा देउवलाई लक्षित गर्दै पैसावालालाई भारी मतले पराजित गर्न कार्यक्रतालाई आग्रह गरेका छन् । आज कैलालीको धनगढी स्थित क्षेत्रिय रंगशालामा भएको संयुक्त बाम गठबन्धनको चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताए ।

उनले पैंसाले भोट खरिद गर्ने व्यक्तिलाई ठूलो मतले हराउँदै इमानको राजनीति देखाउँन कार्यक्रतालाई आग्रह गरे । प्रधानमन्त्री पत्नीले एकै छिनमा घर किनेर यहाँको बासिन्दा हुन्छु भन्नु जनतालाई ढाट्ने काम भएको पूर्वप्रधामन्त्री समेत रहेका ओलीले आरोप लगाए । उनले भने, “यहाँको बासीन्दा हुनलाई त अलि अगाडी आउनु पथ्र्यो, चुनावकै मुखमा आएकाले कसरी यस क्षेत्रको बासीन्दा हो भनेर पत्याउने ।”

अध्यक्ष ओलीले अब चुनावको मिति कसैले पनि रोक्न नसक्ने बताए । सरकार निर्वाचनको मिति सार्ने दुस्प्रयास गरि रहेकाले त्यो खेल पूरा नहुँने पूर्वप्रधामन्त्री ओलीले चेतावनी दिए । यस्तै, उनले अहिलेको सरकारले निर्वाचन आचारसंहिता विपरित काम गरि रहेको आरोप लगाए । उनले भने,“सरकारले निर्वाचनको मुखमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सरुवा गरेर आचारसहिंता विपरित कार्य गरेको छ ।” उनले व्यग्य गर्दै भने,“के सरकारले सिडीओ, प्रहरी प्रमुख सरुवा गरेर निस्पक्ष गर्न खोज्या हो ?”

पूर्वप्रधामन्त्री ओलीले निर्वाचन पछि बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने र दुबै पार्टिविच एकता हुने स्पष्ट पारे । अब कुनै हालतमा पनि एकता हुनबाट नरोकिने उनले बताए । पार्टि अध्यक्ष ओलीले सबै कार्यक्रतालाई कृतसंकल्प भएर काम गर्न आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्