देश विकासका लागि एक मात्र विकल्प वामगठन्धन : नेता बादल

धनगढी, मंसिर ८ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले देशको समृद्धिका बाम गठबन्धन एक मात्र विकल्प रहेको बताएका छन् । आज कैलालीको धनगढीमा भएको संयुक्त चुनावी सभालाई संवोधन गर्दै नेता बादलले यस्तो बताएका हुन् ।

उनले अब बाम गठबन्धनको सरकार बनेपछि देशमा स्थिरता आउने र विकासको बाढी आउने बताए । नेता बादलले बामको नेतृत्वमा सरका गठन भएमा दश वर्षमा २० हजार मेगावाट विजुली उत्पादन गर्ने बताए । चुनाव पछि बाम गठबन्धनको नेतृत्वमा सरकार बने दश वर्षमा मेचीदेखि महाकालीसम्म उद्योग खडा गर्ने दाबी गरे ।

अब बाम गठबन्धनमा नै जनलहर भएकाले अबको सरकार बाम गठबन्धनकै नेतृत्वमा हुने नेता बादलले बताए । साथै उनले देशमा आर्थिक क्रान्तीको लागि बाम गठबन्धलाई जिताउन मतदातालाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: