हेलिकप्टर शैलीमा आउनेलाई कि यहाँकै छोरालाई जिताउने : नेता रावल

धनगढी, मंसिर ८ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हेलिकप्टर शैलीमा आउनेलाई भोट दिने कि यहाँकै छोरालाई जिताउन भनेर मतदातालाई प्रश्न गरेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै नेता रावलले यस्तो प्रश्न गरे । उनले चुनावको बेला मात्रै सुटक्क आउने नेतालाई पराजित गर्दै यसै धरतीको छोरा नारदमुनी रानालाई जिताउन मतदातालालाई आग्रह गरे ।

पूर्व उपप्रधामन्त्री समेत रहेका रावलले शेरबहादुर देउवा चार चोटी प्रधानमन्त्री हुँदा पनि काम नगरेको आरोप लगाए । उनले आर्थिक समृद्धि ल्याउनका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्