घर–परिवार गुमाएका बालबालिकाको कथामा फुर्लुङ

काठमाडौं, मंसिर ८ । २०७२ वैशाख १२ गते गएको भूकम्पपछि घर–परिवार गुमाएका बालबालिकाहरूको पीडादायिक अवस्थालाई चित्रण गर्दै चलचित्र फुर्लुङ निर्माण गरिएको छ । सार्वजनिक रुपमा प्रदर्शन शुरु भैसकेको फुर्लुङ छोटो चलचित्र हो । फुर्लुङ सिन्धुपाल्चोकको दनुवार बस्तीमा पुगेर छायांकन गरिएको हो ।

दनुवार समुदायको जीवनशैलीलाई समेत चित्रण गरिएको यो चलचित्रमा भूकम्पले उनीहरूको समुदायमा पारेको प्रभावलाई कारुणीक शैलीमा चित्रण गरिएको छ । केशव अधिकारीद्वारा छायांकन गरिएको यो चलचित्रका सम्पादक नविन निरौला हुन् । यसअघि चलचित्र सूटमा अभिनेताको रुपमा प्रस्तुत भैसकेका रंगकर्मी दिनेशजंग खड्काले चलचित्रको निर्देशनका साथै कथासमेत लेखेका हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत सहभागिता जनाउने यो चलचित्र काठमाडौंका विभिन्न विद्यालयहरूमा प्रदर्शन हुने क्रममा छ ।

फुर्लुङमा अशोक शिवाकोटी, अनुष्का खड्का, ज्ञानेन्द्र कोइराला, जीवन थापा लगायतका कलाकारको मूख्य भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: