इजिप्टमा आतंककारी आक्रमण : १५५ जनाको मृत्यु, ८० बढी घाइते

काठमाडौं, मंसिर ८ । इजिप्टको मिश्रको एक मस्जिदमा विष्फोटन र गोली प्रहार हुँदा १५५ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीले स्टेट मीडियालाई उधृत गर्दै ८० भन्दा बढी घाइते भएको जनाएको छ ।

विष्फोटन सिनाई पेनिन्सुइलाको अल–रावडा गाउँको एक मस्जिदमा शुक्रवारको नमाजको समयमा भएको थियो । मिश्रको सरकारी समाचार संस्था मीनाका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
इजिप्टको टेलिभिजन ‘एक्स्ट्रा न्यूज’का अनुसार राष्ट्रपति एब्दुल फताह अल–सिसिले घटनालगत्तै सुरक्षा अधिकारीलाई आपतकालिन बैठक बोलाएका छन् ।

इजिप्ट स्वास्थ्य विभागले अस्पताल भर्ना गरिएको बिरामीको संख्या धेरै भएकोले घटनामा मृतकको संख्या बढ्न सक्ने बताएको छ ।

चार ओटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए । घटनाको जिम्मा कसैले पनि लिएका छैनन् । केही हप्ता पहिला पनि इजिप्टमा आतंकवादी आक्रमण भएको थियो ।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएयता उक्त क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्