Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जीप दुर्घटनामा प्रहरी निरिक्षकसहित सात जनाको मृत्यु

रुकुम, मंसिर ९ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा स्कारपियो जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन ।

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँस्थित सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् । मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षकसमेत हुन् ।

मृतक श्रेष्ठ विहीबार मात्र नवदुलही घरमा भित्र्याएर काममा फर्किदै थिए । मृत्यु हुने सबै नविन श्रेष्ठका आफन्त रहेको र उनीहरु पनि श्रेष्ठको विवाहमा गएर दुलाहा दुलहीसँगै मुसिकोट फर्किदै थिए ।

घाईते हुनेमा टेकबहादुर खत्री, प्रेम थापा र अर्का एकजना छन् । घाईतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: