इजिप्टमा आतंककारी आक्रमण मृत्यु हुनेको संख्या २३५ पुग्यो, १०० घाइते

इजिप्ट, मंसिर ९ । इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या दुई सय ३५ पुगेको छ ।

इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबारको नवाजको समयमा आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारण नागरिकको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनाइ प्रान्तको वीर अल–अबेद बजारमा रहेको अल–रावदा मस्जिदमा आक्रमण भएको हो ।

शुक्रबार हुने नियमित प्रार्थनाका लागि मस्जिदमा मानिस जम्मा भएको समयमा आक्रमण हुँदा धेरै सर्वसाधारणको हताहती भएको हो । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । सन् २०१३ मा इजिप्टसहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोहयता भएको हो ठूलो आक्रमण हो ।

याे पनि पढ्नुस  विश्वकप फुटबलः रसिया भर्सेस उरुग्वे, को बन्ला समूह विजेता ?

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् ।इजिप्टको सरकारी टेलिभिजनका अनुसार घटनामा एक सय ३० जना घाइते भएका छन् । यसैबिच इजिप्टका राष्ट्रपति अब्दुल फतह अल–सिसीले सिनाईको मस्जिदमा भएको आक्रमणको बदला लिएरै छोड्ने घोषणा गरेका छन ।

याे पनि पढ्नुस  सलाहविना मैदान उत्रिएको इजिप्ट पराजित

राष्ट्रपति अल–सिसीले आक्रमणले आफ्नो देश र नागरिकलाई आतंकवाद विरुद्धको अभियान कमजोर नभइ थप मजबुद बनाएको उनले बताए । सुरक्षा अधिकारीसँगको कुराकानीपछि उनले घटनामा संलग्नलाई कुनै पनि हालतमा नछोडिने बताएका छन ।

कमेन्ट गर्नुहोस्