Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रकाश र पाख्रिमको सम्झनामा मञ्च साउदीद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

साउदी, मंसिर ९ । नेपाली जनप्रगतिशील मञ्च साउदी अरबले नेकपा माओवादी केन्द्रका नेता प्रकाश दाहाल र जनगायक खुशीराम पाख्रिमको प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

गएको मंसिर ३ हृदयघाटका कारण माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य, कुशल ब्याबस्थापक, होनाहार युवा नेता साकार दाहाल कमरेड प्रकाश एवं उनको श्रद्धाञ्जली सभाका निमित्त चितवनको आमसभामा श्रद्धाञ्जली सभालाई उर्जा दिदै गर्दा माओवादी केन्द्रीय सल्लाहकार र पुर्वसभासद जनगायक कमरेड खुसीराम पाख्रिनको मंसिर ५ गते हृदयघाट भई निधन भएको थियो ।

जनप्रगतिशील मञ्चका अध्यक्ष कमल शाही कमरेड निर्मलको सभापतित्वमा भएको शोक सभाको संचालन मञ्चका प्रबक्ता रामचन्द्र वाग्लेले गरेका थिए । कार्यक्रमको प्रमुख अथिती मञ्चका सल्लाहकार कमल महत, राजदुतावास प्रतिनिधि पुर्व क्षेत्रीय प्रतिनिधि हरि घिमिरे, एनआरएनए आइसीसी सदस्य धरम केसी नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष भानु प्रदेशी प्रवास नेपाली मञ्चका दमाम क्षेत्रीय सल्लाहकार राम कृष्ण घिमिरे लगायतको उपस्थिति थियो ।

त्यसैगरी, क्षेत्रीय उपाध्यक्ष जेन लामा, सचिव देवेन्द्र सुवेदी स्याङ्जा समाजका महेश बिएस के अनिश आयु युटुब च्यानलका संचालक ओम फुयाल तथा मञ्चका उपाध्यक्षद्वय शिवराज भट्टराई कमरेड रबिकिरण जयकुमार लामा कमरेड क्षितिज कोषाध्यक्ष सोभानबहादुर पुनमगर कमरेड स्वागत सह कोषाध्यक्ष भक्त कार्की उपस्थिती रहेको थियो ।

सम्पूर्ण ज्ञात अज्ञात सहिद प्रति मौनधारण गरि सुरु भएको कार्यक्रममा केन्द्रीय समिति र जुवेल दमाम खोवर क्षेत्रबाट उपस्थित सम्पूर्ण मञ्चका सदस्यहरु बिच भब्यताका साथ सम्पन्न भएको थियो ।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै शोकलाई शक्तिमा बदल्नु पर्ने भनाइ राख्दै अन्ततः नेपाली जनप्रगतिशील मञ्चका उपाध्यक्ष जयकुमार लामा कमरेड क्षितिज साउदी अरबवाट आफ्नो जन्मभुमि फर्किदै छन । साथै उनको सम्मानार्थ सम्मान एवम् बिदाई कार्यक्रम पनि सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: