Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बलात्कारकाे आरोपमा बालक पक्राउ

उदयपुर, मंसिर ९ । जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो । घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर किशोरलाई रंगेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच र उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: