Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चियापानबाट आर्थिक संकलन, १००० स्कुले झोला वितरण गरिने

इभा राजवाहक

काठमाडौं, मंसिर ९ । आज (शनिबार) का दिन न्यूरोडस्थित संकटा मन्दिर परिसरमा मेक अ डिफ्रेन्स (म्याड) नामक सामाजिक संस्थाले चियापान गरी आर्थिक सहयोग संकलन गरेको छ ।

संकलन गरिएको उक्त रकम रुकुम, रौतहट, जाजरकोट, डोल्पा आदि दुर्गम जिल्लाहरुको विद्यालयका गरीब, जेहेन्दार, असहाय, अनाथ बालबालिकाहरुलाई एक हजार स्कूले झोला वितरण गर्ने योजना रहेको म्याडका एक सदस्यले एभेरेष्ट दैनिकलाई बताए ।

यसअघि पनि यसैगरी चिया वितरणबाट संकलन भएको रकमबाट इलेक्ट्रिक सामाग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ ।

यसपछि संस्थाले विभिन्न कारणबाट विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गरिदिने, पाठ्यपुस्तक वितरण गर्ने जस्ता उद्देश्य रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: