मतदातालाई रकम दिएर भोट किन्ने प्रयासमा कांग्रेसका कार्यकर्ता पक्राउ

जाजरकोट, मंसिर ९ । जाजरकोटका विभिन्न ठाउँमा मतदातालाई रकम दिएर भोट किन्ने काम भईरहेको नेपाली कांग्रेसलाई आरोप लागिरहँदा भेरी नगरपालिका वडा नं.३ मा शनिवार दिउँसो ३८ हजार रुपैयाँ कव्जा भएको छ ।

वाम गठवन्धनका यूवाहरुले काग्रेस निकट कार्यक्रताले रकम बाँडिएको सूचना पाएपछि खलंगाको स्यालामा जाँदा बाँडदै गरेको सो रकम कव्जामा लिएको विश्वविक्रम शाहले बताउनुभयो ।

हिजोमात्र वडा १ मा ७१ हजार रुपैयाँ, कुदुमा २० हजार, पुन्मा ४० हजार वाँड्दै गर्दा कव्जा गरिएको वामगठवन्धनले जनाएको छ ।

त्यस्तै त्रिवेणी नलगाड नगरपालिका वडा ८ का काव्रा, हल्चौर र गराला लगाएतका ठाउँमा प्रतिव्यक्ति रु ५ सयका दरले रकम वाँडिएको खुलासा भएको छ । शुक्रबार राति बसेको बैठकले आवश्यक रकम काग्रेसका जिम्मेवार कार्यक्रतालाई उपलव्ध गराएर वितरणको काम भएको नेपाली कांगे्रस निकटका जनक विकले वताउनुभयो । उहाँले आफुलाई ५ हजार रकम वाँड्नका लागि दिएको वताउनुभयो ।

वाईसियल त्रिवेणी नलगाड नगरपालिका सदस्य जसुन्त विकको श्रीमतीलाई रु १ हजार दिएको तर आफुले सो रकम श्रीमतीलाई दिएको थाह पाएपछि फिर्ता गरेको उहाँले वताउनुभयो । दिनभरी भोट आफ्नो पक्षमा पार्नका लागि कांग्रेसका हिरालाल खत्री, तिलक खत्री, गमवहादुर खत्री र वडा नं ८ का वडा अध्यक्ष गोविन्द शाही लगाएको टिम मोटो रकम वाँडदै हिडेको स्थानीय जनक विकले वताउनुभयो ।

कार्यखेतमा गएराती रकम वाँडफाँडमा कुरा नमिलेपछि वडा अध्यक्ष शाहीको घरमा झगडा समेत परेको खुलासा भएको छ । वाईसियल त्रिवेणी नलगाड नगरपालिका सदस्य जसुन्त विकको श्रीमतीलाई रु १ हजार दिएको तर आफुले सो रकम श्रीमतीलाई दिएको थाह पाएपछि फिर्ता गरेको उहाँले बताउनुभयो।

दिनभरी भोट आफ्नो पक्षमा पार्नका लागि कांग्रेसका हिरालाल खत्री, तिलक खत्री, गमवहादुर खत्री र वडा नं ८ का वडा अध्यक्ष गोविन्द शाही लगाएको टिम मोटो रकम वाँडदै हिडेको स्थानीय जनक विकले वताउनुभयो । कार्यखेतमा गएराती रकम वाँडफाँडमा कुरा नमिलेपछि वडा अध्यक्ष शाहीको घरमा झगडा समेत परेको खुलासा भएको छ ।

कमेन्ट गर्नुहोस्