गर्मीमा भन्दा जाडोमा हृदयघात हुनेको संख्यामा वृद्धि

नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा.यादवदेव भट्टका अनुसार गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुन्छ ।

तर, थोरै सावधानी अपनाउने हो भने जाडो मौसममा हुने हृदयघातको खतराबाट जोगिन सकिन्छ । हाम्रो डाक्टरसँग कुराकानी गर्दै डा.भट्टले भने, ‘हृदयघातको कुनै लक्षण हुँदैन । त्यसकारण जाडो मौसम सुरुभएसँगै न्यानो बन्नु पर्छ ।

’ डा.भट्टले चिसोमा हृदयघातबाट जोगिन केही उपाय सुझाएका छन् ।

ती यसप्रकार छन्–

—चिसोबाट शरीरलाई जोगाउने ।

— न्यानो लुगा लगाउने ।

— बाहिर निस्किदा टाउको छोप्ने र मास्कको प्रयोग गर्ने ।

—जाडो मौसममा सधै तातो खाना र मनतातो पानी नै पिउने ।

—घरलाई न्यानो बनाएर राख्ने ।

—चिसो भयो भन्दैमा रक्सी, चुरोट वा अन्य कुनै नशा नलिने । यस्ता क्रियाकलापले शरीर बाउँडिन थाल्छ र नशा खुम्चिन थाल्छ ।

—मुटु वा मधुमेह सम्बन्धी शंका लागे तत्काल चिकित्सकसँग सल्लाह गर्ने ।

—बिहान १५ देखि २० मिनेट घाममा बस्ने । यसले शरीरमा गर्मी उत्पन्न हुन्छ र कोलेस्ट्रोल पनि कम हुन्छ । जसले मुटु रोगको खतरा कम भएर जान्छ ।

कमेन्ट गर्नुहोस्